नौ दिनदेखिचार किशोर बेपत्ता

नौ दिनदेखि एकसाथ बेपत्ता भएका भरतपुर महानगरपालिका–११ का चार किशोर अझै फेला परेका छैनन् ।
बाह्रदेखि १५ वर्ष उमेरका भरतपुर महानगरपालिका–११ अमनचोकका सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय मोक्तान र रिवाज कुमाल बेपत्ता छन् । दिनेश, सञ्जय र रिवाज नयाँकिरण माविमा कक्षा ६ अध्ययनरत तथा सामुइल लोटस एकेडेमीमा अध्ययन गर्दैआएका थिए । बेपत्ता चारै जनाको खोजी गर्न जिल्ला प्रहरी कार्यालयले सबै प्रहरी युनिटमा हुलिया र फोटोसहित सूचना जारी गरेको प्रहरी प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरुका आफन्त तथा साथीभाइसँग सोधपुछ गरिरहेको छ । अन्तिम पटक उनीहरुसँग भेट भएका व्यक्तिको भनाइका आधारमा जिल्ला बाहिर जाने विभिन्न लामो तथा छोटो दूरीका सवारीसाधनमा जाँच गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बेपत्ता
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्