सर्वज्योति मा.वि मा नया भवनको सिलन्यास

२०७२ सालमा भुकम्पबाट क्षति पुगेका विद्यालयहरुको पुर्ननिर्माण कार्य तनहू जिल्लामा तिब्र गतिले भईरहेको छ । यसैक्रममा व्यास नगरपालिका वडा नं. १० सेवरमा रहेको सर्वज्योति माध्यामिक विद्यालयमा निर्माण गर्ने ४ कोठे भवनको एक कार्यक्रमका बिच सिलन्यास गरियो , उक्त सिलन्यास कार्यक्रम राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण कार्यानवयन ईकाई ( शिक्षा ) तनहुका प्रमुख सूर्यप्रसाद क्षेत्री रानाभाट र जग्गादाता स्वर्गिय ईश्वरीप्रसाद पौडेलकी श्रीमती सूर्यमाया पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।
विद्यालयको भवन भुकम्पले जिर्ण बनाएपछि टालटुल गरे विद्यार्थीहरुलाई अध्ययन गराउनु परेको र ति भवनलाई बिस्थापित गर्नको लागि नया भवनको आवश्यकता रहेको समयमा जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) बाट भवन बनाउनको लागि रकम पर्नु निकै खुशीको कुरा रहेको र तोकेको समय अगावै भवन निर्माण सम्पन्न गर्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति मदन तिमल्सेनाले बताए ।
विद्यालयकी शिक्षिका मनु सापकोटाले संचालन गरेको कार्यक्रममा अभिभावक संघका अध्यक्ष बसन्त दरै, भवन निर्माण समितिका सल्लाहकार तिल बहादुर थापा, हरिविलास अधिकारी, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि सुर्यप्रसाद क्षेत्री रानाभाटले शिक्षाको लागि भौतिक संरचना पहिलो अपरिहार्य भएकोले यसले विद्यालयको पठनपाठनमा पनि सहयोग पुग्ने भनाई राखेका थिए । ६६ लाखको लागतमा निर्माण हुन लागेको उक्त भवनमा पाउदा पढ्न पाउने भएपछि बिद्यार्थीहरु पनि हर्षित छन ।
क्याटेगोरी : समाचार
ट्याग : #सर्वज्योति मा.वि
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्