मन्थलीबाट ६७ किलो सडेको मासु बरामद्

रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित मासु पसलबाट बिक्रीका लागि राखिएको ६७ किलो सडेको मासु बरामद् गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको टोलीले बजार अनुगमनका क्रममा विभिन्न मासु पसलबाट सोमबार खान अयोग्य मासु बरामद् गरेको हो । मन्थलीस्थित जुनेश मासु पसलबाट ४६ किलो सेडेको कुखुराको मासु तथा नौ किलो सडेको ससेज बरामद् गरेको हो ।
यस्तै ‘न्यू फेमल मिट सप’बाट सडेको १० किलो राँगाको मासु र मन्थली मासु पसलबाट कुखुराको सडेको दुई किलो मासु बरामद् गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण शर्माले जानकारी दिनुभयो । अनुगमन टोलीले सडेको मासु बिक्रीका लागि राख्ने जुनेश मासु पसल सञ्चालकलाई रु दुई हजार तथा न्यू फेमस मिट सपका सञ्चालकलाई रु पाँच हजार जरिवाना गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सडेको मासु
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्