जम्मु – काश्मीर भिडन्तमा मारिए दुई आतङ्कवादी

जम्मु-काश्मीरको शोपियान जिल्लाको रेबन क्षेत्रमा हिजो राति सुरु भएको आतङ्कवादी र सुरक्षा बलबीचको मुठभेड आजपनि जारी रहेको प्रहरीले जनाएको छ। प्रहरी र सेना आतङ्वादीहरू सँग डटेर मुकाबिला गरिरहेका तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको उसले बताएको छ।
अघिल्लो दिन पनि कैसर कोकाको रूपमा परिचित प्रतिबन्धित जसिह–ए–मोहम्मद ९जेएम० आतङ्वादी सङ्गठन सँग आवद्ध आतङ्कवादी अवन्तिपोरामा भएको मुठभेडमा फसेको काश्मिरका अतिरिक्त प्रहरी महानिरीक्षकले बताएका छन्। विशेष सूचनाको आधारमा संयुक्त खोज अभियानमा जुटेका प्रहरी, सेना र सेन्ट्रल रिजर्भ पुलिस फोर्स ९सिआरपीएफ०का जवानबीच भएको भिडन्तमा दुई जना आतङ्ककारीहरूलाई मारिएका छन्।
संयुक्त सुरक्षा फौजमाथि आतङ्ककारीहरूले अन्धाधुन्ध गोली प्रहार गरेपछि भएको जवाफी कारबाहीमा उनीहरू मारिएका हुन्। प्रहरी अभिलेखअनुसार मारिएका आतङ्ककारीले प्रहरी, सुरक्षा बल र सर्वसाधारणमाथि धेरैपटक घातक हमला गरेका तथा उनीहरूको संलग्नता आतङ्ककारी घटनामा रहेको थियो।
सन् २०१८ देखि सक्रिय रहेका कैसर कोकाले पाकिस्तान गएर हतियार, गोलाबारुदको प्रशिक्षण लिएपछि काश्मीर उपत्यकामा प्रवेश आक्रमणमा गरेका थिए। मुठभेड स्थलबाट हतियार र गोलाबारुद बरामद गरिएको छ।
क्याटेगोरी : अन्तरवार्ता, समाचार
ट्याग : #जम्मु – काश्मीर
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ३बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ४प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ५गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ६टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ७विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ८राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
तपाईको कमेन्ट लेख्नुहोस्