भृकुटीमण्डपमा खुला बजार हटाएर स्थायी कक्ष बनाउने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भृकुटीमण्डपको खुलाबजार हटाएर स्थायी कक्ष (सेमि–परमानेन्ट स्टल) राख्ने बताउनुभएको छ ।
काठमाडौँ निम्न व्यापारी सङ्घ भृकुटीमण्डप खुलाबजारको २६औँ स्थापना दिवसमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले खुल्लाबजारलाई व्यवस्थित गर्नका लागि स्थायी कक्ष राखिने बताउनुभयो ।
निर्वाचनका बेला जनतासँग गरिएका प्रतिबद्धता पनि सरकारले क्रमशः पूरा गर्दै लैजाने उहाँको भनाइ रहेको थियो । मन्त्री थापाले संविधान र कानूनमा भएका विषयलाई कार्यान्वयनका लागि नीति बनाएर अघि बढाउने क्रममा सरकार रहेको भन्दै जनताको हक र हितका लागि नै सरकार केन्द्रित रहेको धारणा राख्नुभयो । सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले भृकुटीमण्डपको खुलाबजारलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्