पाँच महीनामा ७४ यात्रुको मृत्यु

सवारी साधनको चाप बढेसँगै जिल्लामा दुर्घटना पनि बढ्दै गएको पाइएको छ । जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा जिल्लामा १३५ सवारी साधन दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन् भने ३१७ जना घाइते भएका छन् ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार बस दुर्घटनामा १७, ट्रक र ट्र्याक्टर दुर्घटनामा चार, जिप दुर्घटनामा तीन, मोटरसाइकल दुर्घटनामा २८, विभिन्न सवारी साधनको ठक्करबाट पाँच साइकलयात्री तथा १७ पैदलयात्रीको मृत्यु भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा सोही अवधिमा ९६ सवारी साधन दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको थियो भने २०५ जना घाइते भएका थिए ।
प्रहरी निरीक्षक गौतमले मोटरसाइकलको ठक्करबाट बढी सङ्ख्यामा मृत्यु हुने गरेको बताउनुभयो । सडकमा सवारी साधनको चाप बढेसँगै दुर्घटनाको सङ्ख्या पनि बढ्दै गएको हो । तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको गौतमले बताउनुभयो । जिल्लामा मासिक एक हजार मोटरसाइकल तथा १०० साना गाडी बिक्री हुने गरेको तथ्याङ्क छ ।
क्याटेगोरी : समाचार
ट्याग : #यात्रुको मृत्यु
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्