टोखा नगरपालिकाद्धारा ज्येष्ठ नागरिकलाई थर्मस वितरण

काठमाडौं । टोखा नगरपालिकाले ज्येष्ठ नागरिकलाई तातोपानी खुवाउने उद्देश्यका साथ थर्मस वितरण गर्न शुरु गरेको छ । वडाभित्र रहेका ज्येष्ठ नागरिकलाई नगरपालिकाले थर्मश वितरण गरेको हो ।
टोखा नगरपालिका भित्र कुल १ हजार ५ सय ६ ज्येष्ठ नागरिक रहेका छन । जसमा पुरुष ८ सय २० र महिला ६ सय ८६ हुन । पुस–माघको ठण्डी बढ्दै जाने क्रममा जेष्ठ नागरिकलाई दम, खोकी, रुगा, पिनासले नसताओस भनेर थर्मश वितरण गरेको नगरपालिकाकी उप–प्रमुख ज्ञानमाया डंगोलले बताईन् ।
टोखा नगरपालिका भित्र रहेका ११ वडा मध्ये १, ४, ५, ७ र ९ ले प्रत्येक ज्येष्ठ नागरिकलाई थर्मश वितरण गरिसकेको छ । बाँकी रहेका अन्य ६ वटा वडामा भने पुस मध्यसम्म वितरण गर्ने जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्