बुद्ध शान्ति फाउण्डेशनद्वारा ३ कृतिहरुको लोर्कापण

बुद्ध शान्ति फाउण्डेशनद्वारा ३ कृतिहरुको लोर्कापण गरेको छ । राजधानिको होटेल हार्दिकमा आयोजित पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ राजनीतिज्ञि एवं साहित्यकार तथा समाजसेवी स्व. कमलराज रेग्मीका ३ कृतिहरू– (१) कमलराज रेग्मीका कविताहरू (२) संस्मरणका छालहरू (३) सदावहार कमलको सुवासको बिमोचन सो कार्यक्रका प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले गरेका थिए । फाउण्डेशनकी अध्यक्ष सन्ध्या रेग्मी द्धारा सम्पादीत सो कृतिहरुमा कमलराज रेग्मीको जीवन, जीवन यात्रा र जीवन दर्शन झल्काउने शिवत्व, सत्य र बुद्धत्वका मानवीय सन्देश पाइन्छ ।
सोही कार्यक्रममा “बुद्ध शान्ति कमलराज रेग्मी साहित्य तथा समाजसेवा पुरस्कार २०७५” को पुरस्कार अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कोण्डन्य महास्थविरलाई प्रदान गरिएको छ । प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले नगद रु. पचास हजारको उक्त पुरस्कार र सम्मान–पत्र भिक्षु कोण्डन्यलाई प्रदान गरेर सम्मान गरेका हुन । त्यस्तै गरी यस वर्षको “बुद्ध शान्ति विमला रेग्मी समाजसेवा पुरस्कार” नगद रु. पचास हजार नेपाल स्पाइनल कर्ड इञ्जुरी खेलकूद संघका मेरूदण्डघात भएका पाँच जना संघर्षशील प्रतिभाशाली कीर्तिशाली खेलाडीहरू क्रमशः प्रत्येकलाई रु. दस हजार र सम्मान–पत्र प्रदान गरिएको अध्यक्ष सन्ध्या रेग्मीले बताइन । जसको नामावली यस प्रकार रहेको छ ।
श्री हिमाल अर्याल
श्री ऋषिराम ढकाल
सुश्री अमृता ज्ञवाली
सुश्री लाली डोल्मा शेर्पा
सुश्री यमी झाक्री मगर
हरेक वर्ष साहित्य वा शिक्षा वा समाजसेवामा योगदान पु¥याउने अनुकरणीय सिर्जनशील व्यक्तित्वहरूलाई प्रदान गरिने यी पुरस्कारहरू बुद्ध शान्ति फाउण्डेशनका संस्थापक अध्यक्ष सन्ध्या रेग्मे द्धारा स्थापना भएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकारहरू तथा समालोचक प्रा.डा. अभि सुवेदी, प्रा.डा. ज्ञानू पाण्डे, खगेन्द्र सङ्गौलाले पुस्तकमा समीक्षा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले बुद्ध शान्ति फाउण्डेशनको यस्तो सह्रानीय कार्यको प्रशंसा गर्दै समाजका ओझेलमा परेका वर्गलाई र बौद्ध भिक्षुहरूको सम्मान–गान गर्ने यस प्रतिष्ठानको मौलिकताबाट आफू अन्यन्त प्रभावित भएको कुरा व्यक्त गरे त्यस्तै समालोचक प्रा.डा. ज्ञानू पाण्डेले ३ वटै कृतिहरू मध्येको सबैभन्दा उत्तम संस्मरणका छालहरूले राजनीतिक, साहित्यिक इतिहास बोकेको कृति भएको हुँदा त्यो एकपटक सबैले पढ्दै पर्ने बताए । खगेन्द्र खङ्गौलाले श्री कमलराज रेग्मीको राजनीतिक, साहित्यिक र समालोचकीय व्यक्तित्व पनि यी कृतिहरूले उजागर पारेको धारणा राखे । पुरस्कृत व्यक्तित्व भिक्षु कोण्डन्यले यस पुरस्कार रकम भृकृटीमण्डप बौद्ध विहारको जीर्णोद्वार र धार्मिक–परोपकारी कार्यमा लगाउने बचनबद्धता दिनु भयो ।
कार्यक्रममा सभामा भिक्षुहरू लगायत झण्डै १०० जना साहित्यकारहरू, समाजका विविध विद्याका सर्जक लगायत स्पाइनल इञ्जुरी खेलकूद संघ र स्पाइनल इञ्जुरी पुनःस्थापना केन्द्रका सदस्यहरूको उपस्थिति थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #बुद्ध शान्ति फाउण्डेशन
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्