बौद्ध स्तुपामा सजाउन राखीएको बिधुतिय बत्ती तोडफोड

काठमाडौ । बिश्व सम्पदा सूचिमा सूचिकृत बौद्ध नाथ स्तुपा बरी परि राखीएको बिजुली सजावटका साम्राग्रीहरु तोडफोड भएको छ । बौद्धमा परम्परागत रुपमा संचालन भइरहेको तिन दिने छेच्यु पुजा तथा १ करोड बज्र गुरु मन्त्र जप आयोजनाका लागी बिशेष रुपमा सजावटका लागी तयार पारिएको झिलिमिली बत्तीका सामाग्रीहरु तोडफोड भएको बोद्ध तथा मेलम्ची गुठीका इन्चार्ज साङ्गे दोर्जे तामाङ्गले जानकारी दिए ।
स्तुपाको वरिपरि सजावटका लागी राखीएको बहुमुल्य बत्तीलाई लात्ती हानी कुल्चीएर , बत्तीका तारहरुलाई उखेली उग्र बादबन्थी चरित्र देखाई पूजामा समेत अवरोध पुराएको प्रत्यक्ष दर्शीको भनाइ छ ।
सो तोड फोडमा संलग्न ब्यक्तीहरुको छिटै पहिचान हुने असई सोम श्रेष्ठले बताए ।
बौद्धका ६२ घर धुरी द्धारा संचालित सो पुजामा भुपती बज्र लामा चिनिया लामा द्धारा बिषेश पुजा हुने कार्यक्रम तय भएको थियो । बत्तीका सामाग्रीहरु तोडफोड भएपछि अहिले बौद्ध क्षेत्रमा अनेक चर्चा परिचर्चा समेत भइरहेको छ ।
पबित्र धार्मिक स्थल एवं बिश्व शान्तिको प्रतिक बौद्ध स्तुमा भित्र यस्तो उस्रीखल गतिबिधि हुन दुखद रहेको बौद्ध फुटवल क्लवको अध्यक्ष बताउछन ।
बौद्धमा बिषेश पुजाको अवसरमा परम्परा कालदेखी नै दियो बत्ती बालेर स्तुप सजाउदै आएको र पछि बिधुतिय बत्ती मार्फत सजाउन थालिएको बुद्ध लामा बताउछन ।
सो घटनाको दोषलिाई कानुनी दायरामा ल्याई अबिलम्ब कारवाही गरीनु पर्ने र प्रहरीमा समेत लिखीत उजुरी दिएको बौद्ध तथा मेलम्ची गुठीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बोद्ध स्तुपा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्