‘राजा आउ देश बचाउ’ भन्दै नारायणहिटी पस्न खोज्दा झडप

काठमाडौं । महेन्द्र स्मृती दिवसको अवसरमा शाही युवा शक्ति नेपालले राजधानीमा बृहत प्रदर्शन गरेको छ । राजधानीको गोंगवुबाट सुरु भएको मोटरसाइकल र्याली सामाखुसि,लैनचौर,नारायणहिटी हुँदै दरवारमार्ग स्थित महेन्द्र शालीकमा पुगेर कोण सभामा परिणत भएको थियो।
र्यालीमा १ हजार भन्दा बढि मोटरसाइकलको सहभागीता रहेको थियो।र्यालीमा सहभागीहरुले गणतन्त्र बिरुद्धमात्र नभएर प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्ड बिरुद्ध पनि चर्को नारावाजी गरेका थिए।
कोण सभालाई सम्बोधन गर्दै शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले अब संघिय गणतन्त्रलाई जरैदेखि उखेलेर फाल्ने बताए।
उनले केपी ओली र प्रचण्डले देशलाई राजाले भन्दा पनि बढि निरंकुशता लादेको भन्दै अब जनताको बलले राजसंस्था फर्काउने र राजा ज्ञानेन्द्रलाई नारायणहिटी फर्काउने बताए।
पुष १ गतेको कार्यक्रम सांकेतिक मात्रै भएको बताउँदै आगामी दिनमा अझ सशक्त कार्यक्रम गर्ने युवा शक्तिले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #झडप
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्