अठार दिनदेखि बेपत्ता लक्षिराम मृत फेला

१८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर नजिकैको इरानखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।
लावडको शवलाई स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव कुहिएको अवस्थामा रहेकाले केही दिन अगाडि नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठिक नरहेका लावड बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन प्रहरीमा निवेदनसमेत दिएका थिए ।
लावडको शव पुरै कुहिएको अवस्थामा रहेकोले परीक्षण नगरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्