कोरोनाको चौथो लहर भित्रिने खतरा

काठमाडौ , २२ असार । पछिल्लो पटक नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो ९० जना नयाँ संक्रमित थपिएका छन् ।
२४ घण्टाको अवधिमा २० जना संक्रमणमुक्त भएका छन् । ‘संक्रमणदर बढिरहेको छ । भारतको असर नेपालमा देखिएको हो,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास भन्नुहुन्छ, ‘तीन गुणाले संक्रमण बढिरहेको छ ।’ उहाँका अनुसार संक्रमितहरू नेपाल प्रवेश गरिरहेका छन् । नाकाबाट काठमाडौंसम्म केसहरु आइपुगेका छन् ।,’
‘भरसक परीक्षणको दायरा बढाएर सिमानाकामा नै संक्रमितको पहिचान गर्न थालिएको छ । यही प्रकारले संक्रमितको संख्या बढ्दै जाने हो भने कोरोनाको चौथो लहर भित्रिएको हो कि भन्ने आहांका थपिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउछन् । उनका अनुसार मन्त्रालयले यस प्रकारको खतराको सामना गर्न तयारी पनि थालेको छ । उसले सर्वसाधरणलाई स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोरोना, #कोरोना संक्रमित
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्