टोखामा मोटरसाइकल पोलमा ठोक्किदा एक जनाको मृत्यु, कैनी घाइते

काठमाडौँ । काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
टोखा नगरपालिका–६ मिलनचोकमा गए राति पौने १२ बजे टेलिफोनको तार भएको पोलमा मोटरसाइकल ठोक्किदा बा६५प ८०६५ नंको मोटरसाइकल चालक गोरखा घर भई बसुन्धारा बस्दै आएका २१ वर्षीय सुवास सुर्खेतीको उपचारका क्रममा मृत्यु भएको हो । गोरखाकै १८ वर्षीय सुदीप सुर्खेती भने घाइते भएका छन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले पोलमा ठोक्किएर गम्भीर घाइते सुर्खेतीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
दुवै जनाले मादक पदार्थ सेवन गरेको अनुसन्धानमा खुलेको र घाइते सुर्र्खेतीको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखामा मोटरसाइकल
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्