जाडो छल्न गाउ बाट बाहिरिँदै मनाङवासी

मङ्सिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् । प्रायः बाह्रै महीना मनाङमा जाडो हुन्छ । मङ्सिर, पुस र माघमा बढी जाडो हुने हुँदा यहाँका बासिन्दा जाडो छल्न अन्यत्र सर्ने गर्छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र धारापानीका अनुसार मनाङमा चिसो बढे पनि बाह्य पर्यटक आउने क्रम भने घटेको छैन । जाडो याममा हिउँसँग खेल्न र रमाउन पाइने भएकाले चिसो मौसममा पर्यटक मनाङ पुग्छन् । मङ्सिर, पुस र माघमा जाडो छल्न स्थानीयवासी भने देशका विभिन्न ठाउँमा पुग्ने गर्दछन् । स्थानीयवासी विनोद गुरुङका अनुसार पर्यटकीय यामको अन्त्यसँगै जिल्लाका होटल व्यावसायी जाडो छल्न जिल्ला बाहिर जाने गर्छन् । “जाडो छल्न काठमाडाँै, पोखरालगायतका शहरमा जानेको सङ्ख्या बढी छ,” गुरुङले भन्नुभयो ।
माथिल्लो भेगमा हिउँ पर्न शुरु भइसकेको छ । अब विस्तारै तल्लो भेगमा हिउँ पर्न थाल्छ । चिसो बढेसँगै यहाँको गाउँघर सुनसान र रित्तो हुने क्रम बढेको छ । विद्यालयको अन्तिम परीक्षा सकाएर शिक्षक र विद्यार्थी पनि बिदा मनाउन अन्यत्र लाग्छन् । “गाउँमा घरकुरुवा मात्र बस्न्छन्,” चौँरीपालक किसान सुरेश थकालीले भन्न्ुभयो । हिमाली भेगबाट भेडाबाख्रा र चौँरी बँेसी सार्ने तथा चिसो कम हुने ठाउँमा राख्ने चलन छ । चौँरीगोठ मनाङको नासो गाउँपालिकाका लेकमा राखिने तथा भेडा च्याङ्ग्रा लमजुङको बाहुनडाँडा र घनपोखरा पु¥याउने थकाली बताउनुहुन्छ । माथिल्ला भेगमा रहेका खर्कबाट घरपालुवा पशु जिल्लाको तल्लो भेगमा सार्ने तयारीमा किसान जुटेका छन् ।
अबको तीन महीना माथिल्लो भेगमा हिउँ पर्छ । अति जाडो हुन्छ । घाँस पुरै हिउँले ढाकिन्छ । त्यसैले माथिल्लो भेगमा रहेका खर्कबाट घरपालुवा पशु तल्लो भेगमा सार्ने तयारीमा जुटिसकेका छन् । यस क्षेत्रका किसानको माथिल्लो भेग र तल्लो भेगमा गरी दुई गोठ हुन्छन् । चिसो बढेसँगै माथिल्लो भेगबाट किसानले याक, चौँरी, च्याङ्ग्रा र भेडाबाख्रा तल्लो भेगका तालगाउँ, धारापानी, दानाक्यूलगायत ठाउँमा सार्ने गर्दछन् ।
मङ्सिर, पुस र माघमा हिमपात हुने भएकोले स्थानीयवासी चिसो मौसम शुरु हुनुअगावै दाउरा सङ्कलनमा जुट्छन् । होटल व्यवसायीले कामदार लगाएरै दाउरा सङ्कलन गर्छन् । यो समयमा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा काम गर्ने कर्मचारीले स्थानीयवासीबाट दाउरा खरिद गर्छन् । स्थानीयवासी तथा कर्मचारीलाई आफ्नो व्यक्तिगत उपयोगका लागि दाउरा सङ्कलन गर्नका लागि कुनै समस्या छैन । कर्मचारी कार्यालयकै कामकाजमै व्यस्त हुने भएकाले दाउरा सङ्कलन गर्न भ्याउँदैनन् । त्यसैले कर्मचारीले स्थानीयबाटै दाउरा खरिद गर्छन् । दाउरा सङ्कलन गर्नेले नियमअनुसार शुल्क तिरी दाउरा सङ्कलन गर्नुपपर्ने चामेकी धनमाया विकले बताउनुभयो ।
“शुल्क तिरी दाउरा जम्मा गर्छौैैँ । दाउरा बेच्दा प्रतिभारी रु १५० लिन्छौँ । एक चट्टा दाउरा घरसम्म पु¥याइदिएको रु दश लाग्छ”, उहाँले भन्नुभयो । हरेक गाउँपालिकाले दाउरा सङ्कलनका लागि स्थानीयस्तरमै दाउरा सङ्कलन समिति गठन गर्दै आएका छन् । “समितिको रोहवरमा मात्रै दाउरा सङ्कलन गरिन्छ”, चामे गाउँपालिकास्तरीय दाउरा सङ्कलन समितिका अध्यक्ष अनिता लामा बताउनुहुन्छ । चिसो याममा स्थानीयवासीले आगो ताप्नका लागि दाउराको उपयोग गर्छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मनाङवासी
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्