तालिममा गोली चलाउँदा प्रहरी घाइते

मुना थापा
विराटनगरको रानीस्थित पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्रमा मंगलबार दिउँसो तालिमका क्रममा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् । पेस्तोलको गोली लागेर प्रहरी जवान सिरहा घर भएका २७ वर्षीय राजेन्द्र यादव घाइते भएका हुन् ।
तालिम केन्द्रका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० शहकुलबहादुर थापाका अनुसार घाइते यादवको देव्रे हातको हत्केला छेडेर गोली पार भएको छ । प्रशिक्षार्थी प्रहरीहरुलाई तालिममा गोली हान्न सिकाउने क्रममा दिउँसो २ बजे घटना भएको एसएसपी थापाले जानकारी दिए । ‘प्रशिक्षार्थीहरुलाई फायरिङ गराउने क्रममा अचानक पेस्तोलमै गोली अड्किन पुग्यो,’ उनले भने, ‘त्यही पेस्तोल सफा गरेर बाहिर निकाल्न लाग्दा गोली पड्किएर प्रहरी जवानको हत्केलाबाट पार भयो ।
थापाका अनुसार पेस्तोलका पार्टपूर्जा नै बाहिर निस्किएका थिए । घटनापछि घाइतेलाई उपचारका लागि अस्पताल लगिएको थियो । अहिले स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ । घाइतेलाई विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । अहिले थप उपचारका लागि काठमाडौं लगिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रहरी घाइते
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४राष्ट्रिय एकता
- ५आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्