Techie IT
बुधबार, मंसीर १७,२०७७

नेपालबाट भारततर्फ गहुँ तस्करी


 मुना थापा 

मोरङ । अवैध रुपमा विराटनगरको रानी भन्सारबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा गहुँको बीउ बरामद गरेको छ । नेपाली कृषकले गहुँको बीउ पाउन मुस्किल भैरहेको बेला भारततर्फ बीउ तस्करी गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि बीउ तस्करी हुने गरेको पाइएको हो ।

सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा २५ बोरा गहुँको बीउ बरामद गरेको छ । प्रहरी बलले एनल २९७, एनल ९७१, आदित्य जातको गहुँको बीउ बरामद गरेको हो । ४० किलोको दरले २५ बोरा गहुँको बीउ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल राजश्व अनुसन्धान गुल्मका डीएसपी सुरेन्द्रराज रञ्जीतले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #भारततर्फ गहुँ तस्करी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545