भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत सुर्यविनायक नजिक आदर्शचोकमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
सुर्यविनायक चोकबाट जगातीतर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ नम्बरको टिपरले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
जिल्ला प्रहरी परिसरका अनुसार आज बिहान २ बजे भएको सो दुर्घटनामा घाइते मोटरसाइकलमा सवार दुवै जनालाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा करिब ३ बजेतिर दुवै जनाको मृत्यु भएको हो ।
परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले मोटरसाइकल सवार भक्तपुर नगरपालिका वडा नम्बर २ बस्ने वर्ष १९ का निश्चल चौगुठी र अर्का नाम थर नखुलेका अन्दाजी वर्ष २० का पुरुषको मृत्यु भएको बताउनुभयो ।
मृतक दुवैको शव भक्तपुर अस्पतालमा राखिएको छ । टिपर चालक जिल्ला दोलखा मेलुङ गाउँपालिका ३ घर भई हाल काठमाडौँ जिल्ला सुकेधारा बस्ने बर्ष ३५ को धनबहादुर थोकर प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेकोसमेत प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्