चितवनका एसपी अधिकारी सहित तीन डिएसपी प्रशंसा पत्रद्वारा सम्मानित

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चितवनका प्रहरी प्रमुखसहित तीन डिएसपीलाई सम्मान गरेको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटिरहित तवरले सम्पन्न गराउन प्रभावकारी भूमिका खेल्नुको साथै, प्रहरी परिचालन गरी सुरक्षा व्यवस्थामा चुस्तदुरुस्त पारेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीसहित प्रहरी नायव उपरीक्षकद्वय नरहरी अधिकारी र रविन विष्टलाई प्रशंसा पत्र प्रदानले सम्मान गरेको हो ।
त्यस्तै, ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख रविन बाबू रेग्मीलाई समेत प्रमुख जिल्ला अधिकारी तामाङले प्रशंसापत्र र खादा ओढाई सम्मान गरेका थिए । सम्मानित भएका (एसपी) अधिकारी यसअघि जेठ १३ गते बागमती प्रदेश प्रहरी कार्यालयबाट समेत नगदसहित पुरस्कृत भएका थिए ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय चितवनकै प्रहरी नायब निरीक्षक दीपा कार्की समेत (आइतबार) बागमती प्रदेशकै उत्कृष्ट प्रहरीका रूपमा घोषित भएका थिए ।
चितवनमा (एसपी) अधिकारीले जिम्मेवारी सम्हालेयता चितवन प्रहरीले अपराधीक गतिविधिमा उल्लेखनीय सफलता हात पार्दै आएको छ । (एसपी) अधिकारी जहाँ गए पनि प्रहरी संगठनमा पुरस्कृत भइरहने अधिकृत हुन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ३बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ४प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ५गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ६टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ७विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ८राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
तपाईको कमेन्ट लेख्नुहोस्