७ हजार सवारी साधन ट्राफिक कारवाहीमा

जिल्ला ट्राफिक कार्यालयले चालु आवको पहिलो चौमासिकमा ट्राफिक नियम उल्लङ्घन गर्ने सात हजार सवारी साधनलाई कारवाही गरेको छ ।
ट्राफिक कारवाहीमा परेका सात हजार २४२ सवारीबाट चार महीनामा प्रहरीले रु ४३ लाख ८० हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख वसन्त रजौरेले राससलाई जानकारी दिनुभयो ।
“नियम विपरीत सञ्चालन गरी ट्राफिक कारवाहीमा पर्ने सवारीमा सबैभन्दा बढी मादकपदार्थ सेवनका छन्,” प्रहरी उपरीक्षक रजौरेले भन्नुभयो, “ साउनमा एक हजार ४४१, भदौमा एक हजार ६९७, असोजमा एक हजार ८१४ र कात्तिकमा दुई हजार २९० सवारी कारवाहीमा परेका थिए ।” उहाँका अनुसार ट्राफिक कारवाही प्रक्रिया बढे पनि ट्राफिक नियम विपरीत सञ्चालन हुने सवारी सङ्ख्या घटेको छैन ।
त्यसैगरी उहाँले अवैध रुपमा नदीजन्य पदार्थको अवैध निकासी पैठारी गर्ने कार्यमा संलग्न २२ ट्र्याक्टर, पाँच टिपर, तीन ट्रक र एक डोजर गरी ३१ सवारी साधनलाई आवश्यक कारवाहीका लागि स्थानीय तहमा पठाइएको जनाउनुभयो । त्यस्तै सात हजार ३२० लिटर कच्चा, तीन हजार ५१४ लिटर तयारी र ५१ थान उत्पादन सामग्रीसहित अवैध स्थानीय मदिरा बरामद गरिएको उहाँले बताउनुभयो ।
जुवाबाट रु साढे ११ लाख ५० हजार
जिल्ला प्रहरी कार्यालयले जुवातासबाटै रु ११ लाख ५० हजार २८ बरामद गरेको छ । खासगरी दशैँतिहारका समयमा सुर्खेत प्रहरीले नगदका साथै ७७ जुवाडेलाई नियन्त्रणमा लिएको र ११ मुद्दा दर्ता गरेको प्रहरी उपरीक्षक रजौरेले जनाउनुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “हामीले लागुऔषधअन्तर्गत ३१ मुद्दा दर्ता गरेका छौँं जसमा ३६.६४ ग्राम ब्राउन सुगर र ११ किलो ५०० ग्राम गाँजासहित ४८ पुरुष र चार महिलालाई नियन्त्रण लिएर कारवाही प्रक्रिया अघि बढाइएको छ ।”
त्यसैगरी प्रहरीले चोरीअन्तर्गत आठ मुद्दा दर्ता गरेर रु ३९ हजारसमेत बरामद गर्नाका साथै तीन ल्यापटप, मोबाइल, ब्याट्री, ट्र्याक्टरको इञ्जिनसहित यान्त्रिक पाटपूर्जा र धातु गरी ९२ थान जिन्सी बरामद र ११ व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार तिहार एवं विभिन्न समयमा विस्फोटक पदार्थ (पटाका) ११ हजार २७२ थान र विस्फोटक पदार्थ दुई थान सेफ्टी फ्यूज, डेटोनेटर तीन थान, गन पाउडर १२ किलो ७५० ग्राम र भरुवा बन्दुक एक थान बरामद गरिएको छ । अर्कातर्फ १७० क्युफिट अवैध काठसमेत बरामद गरिएको छ ।
एक लाख लाभान्वित
सुर्खेत प्रहरीले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट एक लाख नागरिक लाभाविन्त भएका छन् । प्रहरीले गाउँ, टोल विभिन्न बस्ती समुदायमा सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट पहिलो चौमासिकसम्ममा मात्र एक लाख एक हजार नागरिक लाभान्वित भएका हुन् । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमबाट ६० हजार र सामाजिक अपराधविरुद्ध जिङ्गल प्रसारणबाट ३० हजार नागरिक लाभान्वित भएको प्रहरी उपरीक्षक रजौरेले बताउनुभयो ।
त्यस्तै सवारी दुर्घटना तथा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमबाट नौ हजार ४७५, नागरिक सुनुवाइ कायक्रमबाट एक हजार ५०० गरी कूल एक लाख एक हजार नागरिक लाभान्वित भएको उहाँले बताउनुभयो । त्यसैगरी प्रहरीले वीरेन्द्रनगर, लेकबेँसी, भेरीगङ्गा, गुर्भाकोट, पञ्चपुरी नगरपालिका तथा बराहताल र चौकुने गाउँपालिकामा समुदाय साझेदारीपत्रमा हस्ताक्षर कार्यक्रमसमेत सञ्चालन गरिएको जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ट्राफिक कारवाही
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्