बंगलादेशको उत्तरपूर्वी र उत्तरी क्षेत्रमा वर्षाका कारण हजारौं मानिस विस्थापित

बंगलादेश । बंगलादेशको उत्तरपूर्वी र उत्तरी क्षेत्रमा भारी वर्षाका कारण हजारौं मानिस विस्थापित भएका छन् ।
विस्थापित भएकाहरूलाई सुरक्षा अधिकारीहरूले उद्दार तथा राहत वितरणलाई तीव्र पारेका छन् । बंगलादेशको सेनाले बाढी पहिरोमा परेकाहरूको उद्दारका लागि तैनाथ अवस्थामा रहेको र उद्दार समेत जारी रहेको जनाएको छ ।
राजधानी ढाकालगायत मुलुकका विभिन्न स्थानमा बाढीबाट प्रभावितहरूको संख्या बढिरहेको बंगलादेश सरकारले जनाएको छ ।
उत्तरपूर्वी क्षेत्रका लालमोनिरहाट, कुरिग्राम, निलफामिर र रंगपुर जिल्ला वर्षाबाट अत्याधिक प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत महिना प्रिमनसुन सुरु भएयता बंगलादेशका विभिन्न क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ ।
वर्षाका कारण विभिन्न क्षेत्रमा डुवानका कारण हजारौं मानिस विस्थापित भएका थिए ।
क्याटेगोरी : अन्तरवार्ता, समाचार
ट्याग : #बंगलादेश
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्