पौडेलको अध्यक्षमा शाही युवा शक्तीको काठमाडौ समिति गठन

शाही युवा शक्ती नेपालले काठमाडौमा आफ्नो संगठन बिस्तार गरेको छ । राजधानीको कमलादीमा भएको भेलाले भोला प्रसाद पौडेलको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्यसमिति काठमाडै गठन भएको हो ।
काठमाडौ जिल्ला समितिको उपाध्यक्षमा बिराज न्यौपाने , सचिबमा राजा सिलवाल र सदस्यहरुमा दिनेश लामा ,बिशाल जोशी ,दिपक चौधरी , जनक न्यौपाने सुमन बस्नेत ,बिकाश के.सी , दामोदर गौतम र बिष्णु चौलागाँई रहेका छन ।
त्यस्तै सदस्यहरुमा सुवास बुढाथोकी , सन्तोष बस्नेत , बिनोद बस्नेत, दिपेन्द्र लामिछाने र श्यामकलि केसी रहेका छन् । अञ्चल प्रमुख अनिल बिष्टको अध्यक्षता एवम संगठन बिभाग प्रमुख गोबिन्द ढुङ्गानाको प्रमुख आतिथ्यमा भेला भएको हो ।
लामो समयदेखि हिन्दु राज्यको माग राख्दै आएको सो संस्थाले देशभर करिब २५ जिल्ला कमिटि निमार्ण भइसकेको सचिब राम बस्नेतले बताए ।
भेलाका प्रमुख अतिथिका रुपमा रहेका संस्थाका अध्यक्ष पशुपति खड्काले राजा र जनता मिलेर देश बचाउनु पर्ने अवस्था आएको भन्दै अबको निकास निर्मल निवास मात्रै भएको ठोकुवा गरे।
राजसंस्था अन्त्य गरिँदा मुलुक दिनप्रतिदिन संकटको भूमरीमा फस्दै गएको राष्ट्रिय एकताको प्रतिकको रुपमा राजसंस्था स्थापना नगरिएसम्म समस्याको समाधान हुन नसक्ने र अहिलेका दुई तिहाइको बाम सरकारले देश बिकाश गर्ने नसक्ने एवं गणतन्त्रका राष्ट्रपति र यो सरकार अन्तिम हुने उनको ठोकुवा थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शाही युवा शक्तीको काठमाडौ समिति
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्