गिट्टी कुटेरै परिवार धानेका महिला

रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका–३ डाँराकमदकी बिना वादी उमेरले ३६ वर्षको हुनुभयो । उहाँको साथमा दुई छोरा र दुई छोरी छन् । ८ वर्षअघि बिनाका पति गङ्गाराम वादीले दोस्रो बिहे गरे । त्यसयता परिवार लालनपालनको सबै जिम्मेवारी बिनाको काँधमा आयो । बिहेपछि भारत पसेका गङ्गाराम अहिलेसम्म घर फर्केका छैनन् ।
तर पतिले छाडेर गएदेखि विगत सात वर्षदेखि बिनाको दैनिकी गिट्टी कुटेरै चलिरहेको छ । यहाँको सिम्रुतु बजारदेखि एक किलोमिटर उत्तरतर्फ पर्ने थारेखोलाको चिसोको बेवास्ता गर्दै हरेक दिन बिनाले सडक छेउमै गिट्टी कुट्दै आउनुभएको छ । घरको आर्थिक अवस्था कमजोर भएको र पतिले अर्को बिहे गरेकै कारण चार सन्तान र आफ्नो जीवन गुजाराका लागि गिट्टी कुट्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
“छोराछोरी कसरी पाल्ने ? श्रीमान्ले एक पैसा पठाउँदैनन्, गिट्टी कुुटेरै सामान्य घरखर्च चलेको छ । कुनैदिन त भोकै बस्छौँ,” बिनाले भन्नुभयो । सात वर्षदेखि गिट्टी कुट्न शुरु गर्नुभएकी बिनाका छोराछोरीले पनि हाल उहाँसंगै गिट्टी कुट्ने गर्दछन् । आर्थिक अवस्था नाजुक भएकै कारण चार सन्तानलाई विद्यालयमा पढाउन नसकेको उहाँले बताउनुभयो ।
परिवार पाल्नकै लागि गाउँमा गिट्टीबाहेक अन्य कुनै विकल्प नभएकाले लामो समयदेखि नै गिट्टी कुटेर सामान्य घर व्यवहार चलेको बिनाले बताउनुभयो । तर आफूले दुःख गरेर दिनभर कुटेको गिट्टीले गाउँमा उचित मूल्य नपाउँदा उहाँलाई आफ्नो परिश्रम खेर गएजस्तै लागेको छ ।
स्थानीय बजार तथा गाउँमा पक्की घर निर्माण गर्ने व्यक्तिले सस्तो मूल्यमा गिट्टी खरीद गर्न खोज्दा आफूहरु मारमा परेको बिनाको दुखेसो छ । दिनमा पाँच बोरा जति मात्र गिट्टी कुट्ने बिनालाई आफ्नो उमेर समेत ढल्कँदै गएकोले अबका दिनमा परिवारको जोहो कसरी गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ । पति साथमा नहुँदा गिट्टी कुटेरै भए पनि आठ वर्ष जेनतेनका साथ हिम्मत गरेर छोराछोरी पाल्नुभएकी बिनालाई अब बाँकी दिनको मात्र चिन्ता लाग्ने गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गिट्टी कुटे
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्