नुवाकोटमा पाँच किशोरीलाई बलात्कार गरेको अभियोगमा थप २ जना पक्राउ

किशोरी बलत्कारको अभियोगमा नुवाकोट प्रहरीले विदुर नगरपालिका–४ बट्टारका दुई जनालाई पक्राउ गरेको छ ।
स्थानीय ३२ बर्षीय बादल श्रेष्ठ र २४ बर्षीय रवीन थापालाई नियन्त्रणमा लिएर प्रहरीले बिहीबार नुवाकोट जिल्ला अदालतमा जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए । पक्राउ परेका श्रेष्ठ र थापालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
पक्राउ परेका दुबैलाई मानव बेचबिखन तथा ओसारपसार अभियोगमा समेत अनुसन्धान भइरहेको छ । उनीहरुले गत साता नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा बट्टारस्थित एक होटलमा राति राखेर त्यहाँ बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी जनाएको छ । यही कात्तिक २१ गते बुधबार देउसी खेल्न हिँडेका १३ देखि १६ वर्ष उमेर समूहका ती किशोरीलाई प्रहरीले गत शुक्रबार सुर्खेतबाट बन्धक बनाएको अवस्थामा उद्धार गरेको थियो ।
किशोरीहरुलाई फकाएर भारततर्फ लैजान लागेको अभियोगमा नुवाकोट प्रहरीले उनीहरु बन्धक बनाइएको घरका धनी सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ का निर्मल विश्वकर्मा र नुवाकोट लिखु गाँउपालिका–४ चौघडाका विकास प्याकुरेललाई गत आइतबार नुवाकोट अदालतमा मानब बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान गर्दै आइरहेको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पाँच किशोरीलाई बलात्कार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्