Techie IT
बिहीबार, मंसीर १४,२०८०

प्रतिनिधि सभामा आज आर्थिक सर्वेक्षण र भोलि बजेट पेस गरिँदै


काठमाडौं । प्रतिनिधि सभामा आज आर्थिक वर्ष २०७८/०७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ ।

हिजो नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेस हुन सकेन । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ ।

भोलि सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले आउँदो आर्थिक वर्षको बजेट पेस गर्दैछन् । केन्द्र सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संविधानमा व्यवस्था छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आर्थिक वर्ष २०७८/०७९, #प्रतिनिधि सभाको बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Partly Cloudy
6:36 am5:08 pm +0545