विश्व सम्पदा क्षेत्र भ्रमणगरि चिनियाँ पर्यटनमन्त्री स्वदेश फिर्ता

विश्व सम्पदा क्षेत्र तथा संग्रहालयहरुको भ्रमणगरि चिनियाँ पर्यटनमन्त्री स्वदेश फिर्ता
काठमाडौं । नेपाल भ्रमणका क्रममा गणतन्त्र चीनका संस्कृति तथा पर्यटनमन्त्री माननियलुओ सुगाङ्गले नेपालका विभिन्न विश्व सम्पदा क्षेत्र तथा संग्रहालयहरुको भ्रमण गरेका छन् । चिनियाँमन्त्री सुगाङ्ग सहितको टोलीले विश्व सम्पदाको सूचीमा रहेको हनुमानढोका दरवार स्क्वायर लगायतको भ्रमण गरेका हुन् ।
चिनियामन्त्री सुगाङ्ग सहितको टोलीमा नेपाल सरकार संस्कृतिपर्यटन तथानागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी,नारायणहिटी दरवार संग्रहालयमा संस्कृति सचिव कृष्ण प्रसाद देवकोटा, स्वयम्भु तथाबौद्धमा पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहाल,भक्तपुर दरवार स्क्वायर तथाकला संग्रहालयमा भक्तपुरका मेयर तथाउपमेयर, राष्ट्रिय संग्रहालय छाउनीमा संग्रहालय प्रमुख जयरामश्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
विभिन्नविश्व सम्पदा क्षेत्र तथा संग्रहालयहरुको अवलोकन भ्रमणको अवसरमा नेपालचीन दौत्य सम्बन्ध, कला, परम्परा तथा संस्कृतिक स्थितिको रहेको र आगामी दिनमा पनि रहने अपेक्षा सहित नेपालका संग्रहालयहरुको उचितव्यवस्थापनकालागि सहयोग गर्ने गणतन्त्र चीनका संस्कृति तथापर्यटन मन्त्री माननियलुओ सुगाङ्गले बचन दिएका छन् ।
भ्रमणको क्रममाहनुमान ढोका दरवार स्क्वायरमा चीन सरकारको लगानीवाट संरक्षण कार्य भैरहेको भवनको समेत अवलोकन गरेका थिए । विश्व सम्पदा क्षेत्र तथा संग्रहालयहरुको भ्रमण गरेकाचिनियामन्त्रीविहिवार राती स्वदेश फिर्ता भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #चिनियाँ पर्यटनमन्त्री
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्