ल्छी–त्रिशूली–रसुवागढी सडक योजनाअन्तर्गत प्रभावित स्थानीयवासी द्वारा सङ्घर्ष समिति गठन

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयवासीहरूले मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन गरेका छन् ।
योजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा अधिग्रहण गरिएको जग्गाको मुआब्जा नदिने भएकाले प्रभावितहरूले बुधबार लीलानाथ न्यौपानेको संयोजकत्वमा २१ सदस्यीय मुआब्जा सङ्घर्ष समिति गठन गरी आन्दोलनको कार्यक्रम तय गरेका हुन् । कात्तिक १३ गते पिपलटारका बासिन्दाले उक्तयोजनाका ठेकेदारले पिपलटार क्षेत्रमा कालोपत्र गर्न लाग्दा स्थानीयवासीले अवरोध गर्दै मुआब्जा निर्धारण गरी वितरण गर्न माग गरेकामा स्थानीय प्रशासनले सशस्त्र प्रहरी बल परिचालन गरेपछि प्रभावितले सो समिति गठन गरेको संयोजक न्यौपानेले बताउनुभयो ।
देवीघाटदेखि गल्छीसम्म आयोजना प्रभावितको घरजग्गाको मुआब्जा वितरण शुरु भए पनि पिपलटार–ढुङ्गे सडकखण्डको मुआब्जा दिने प्रक्रिया अघि नबढाइ पेलेर काम गर्न खोजेको उनीहरूको भनाइ थियो । पछिल्लो समय मुआब्जा नदिने कुरा आएपछि सङ्घर्षको तयारी गरिएको सहसंयोजक गीता अमात्यले बताउनुभयो । “मुआब्जा दिने भन्दै सडक विस्तार गरेकामा अहिले मुआब्जा नदिने कुरा आउन थालेको छ । एउटै सडक आयोजनाले कोहीलाई मुआब्जा दिने, कोहीलाई नदिने । यो विभेद गर्न पाइँदैन”, संयोजक न्यौपानेले भन्नुभयो ।
विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाका अधिकारीले अनौपचारिकरूपमा जानकारी दिएकाले स्थानीयवासीले मुआब्जा पाउनुपर्ने माग गर्दै आएका हुन् । अहिलेको आयोजनामा कतै मुआब्जा दिने कतै नदिँदा अन्याय हुने सङ्घर्ष समितिका सदस्य रमेश श्रेष्ठले बताउनुभयो । उक्त योजनाका प्रमुख सुबोध देवकोटाले पिपलटार–ढुङ्गे सडकको मुआब्जा दिने नदिने विषयमा कुनै निर्णय नभएको जानकारी दिनुभयो ।
आयोजनाको देविघाट–गल्छी खण्डका एक हजार ४८१ रोपनी जग्गाको प्रतिआना रु दुई लाख ५० हजारदेखि तीन लाख २५ हजारसम्मका दरले मुआब्जा वितरण शुरु भएको छ । पृथ्वी राजमार्गको गल्छीदेखि रसुवागढी नाकासम्मको ८२ किमी सडकमा अहिले गल्छीदेखि मैलुङसम्मको ४६ किमी सडकखण्डमा स्तरोन्नतिको काम भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #त्रिशूली–रसुवागढी सडक योजना
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्