ठमेल क्षेत्रका रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार

हानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ ।
महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’अन्तर्गत उनीहरुको उद्दार गरिएको हो । वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले विभिन्न डान्सबारमा काम गर्नुका साथै मनोरञ्जन लिइरहेको अवस्थामा बालबालिकाको उद्धार गरिएको जानकारी दिनुभयो । “उद्धार गरिएका अधिकांश बालबालिकालाई मनोपरामर्श दिई अभिभावकको जिम्मा लगाएका छौँ”, उहाँले भन्नुभयो ।
वृत्तले बालबालिकालाई डान्सबारमा काम लगाउने युनिक डान्सबार र बेबो डान्सबारका तीन सञ्चालकलाई समेत पक्राउ गरेको छ । उनीहरुलाई बालबालिका ऐन–२०७५ अनुसार कारवाही गरिने केसीले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बालबालिकाको उद्धार
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्