पुस मसान्तसम्म तीनै तहमा कर्मचारी समायोजन हुने

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी पुस मसान्तसम्ममा तीन वटै तहमा कर्मचारी समायोजन भइसक्ने वताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “कर्मचारी समायोजनसम्बन्धी अध्यादेश मन्त्रिपरिषद्मा छलफल भएर परामर्शका लागि लोकसेवा आयोगमा पठाइएको छ, त्यो अध्यादेश पारित भएर ऐनका रुपमा आएपछि तीन वटै तहमा देखिएको कर्मचारीसम्बन्धी समस्या समाधान हुनेछ ।”
मन्त्री पण्डितले समायोजनमा कर्मचारीलाई प्रोत्साहन दिइएको उल्लेख गर्दै प्रदेश लोकसेवा ऐन नबनुञ्जेल सङ्घीय लोकसेवा आयोगले आवश्यक पदपूर्ति खुला गरी कर्मचारी खटाउने बताउनुभयो ।
प्रदेशका मन्त्रालयमा अस्थायी रुपमा विज्ञताका आधारमा सचिव सरुवा गरिएको स्पष्ट पार्दै उहाँले कर्मचारी ऐन आएपछि निश्चित अवधि पूरा नभएसम्म सरुवा–बढुवा नहुने जानकारी दिनुभयो ।
एक प्रश्नको जवाफमा उहाँले सरकारले उपलब्ध गराएको बाहेक अन्य केही पनि सुविधा आफूले नलिएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कर्मचारी समायोजन
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्