नेपाल विद्यार्थी सङ्घको महाधिवेशन गर्न पार्टी नेतृत्वसँग आग्रह

नेपाल विद्यार्थी सङ्घले विधानसम्मत १२औँ महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न पार्टी नेतृत्वसँग आग्रह गरेको छ । नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी नेविसङ्घको १२औँ महाधिवेशनको वातावरण बनाउन पार्टीसमक्ष आग्रह गर्नुभएको हो ।
उहाँले आफ्नो सीमित स्वार्थ पूरा गर्न नेताहरुले टिके प्रथा जन्माउने कुचेष्टा नगर्न पार्टी नेतृत्वलाई आग्रहसमेत गर्नुभयो । “टिके प्रथाले आम विद्यार्थी र सङ्गठनको भलो हुँदैन, टीका लगाए हामी आन्दोलनमा जान्छौँ,” उहाँले भन्नुभयो ।
महामन्त्री काफ्लेले नेविसङ्घको केन्द्रीय समितिको बैठकले उमेर हद र विधान संशोधन पार्टी नेतृत्वलाई बुझाए पनि पार्टीको केन्द्रीय समितिले एकलौटी तरिकाले मनपरी निर्णय गरेको आरोप लगाउनुभयो । पार्टीले नेविसङ्घको विधानलाई बन्धक बनाउन खोजेको उहाँको भनाइ थियो । नेविसङ्घका केन्द्रीय सदस्य सुशील भट्टले पार्टी नेतृत्व नेविसङ्घको महाधिवेशन गर्न नचाएको बताउनुभयो ।
विसं २०७३ साउनमा दुई वर्ष कार्यकाल रहनेगरी ११औँ महाधिवेशन सम्पन्न भएको थियो । नेविसङ्घको कार्यकाल २०७५ भदौ २ गते सकिएको भए पनि निर्वाचन नभएपछि पार्टीको नेविसङ्घ हेर्ने समितिले मङ्सिर २ गतेसम्मका लागि म्याद थप गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाल विद्यार्थी सङ्घ
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्