मङ्सिर दोस्रो साताभित्र सङ्घीय शिक्षा नीति ल्याइने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मङ्सिर दोस्रो साताभित्र सङ्घीय शिक्षा नीति ल्याउने सरकारको तयारी रहेको बताउनुभएको छ । महोत्तरीको गौशालास्थित रेडियो रुपान्तरणले आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान तथा ‘आममानिस राज्य र मिडिया’ विषयको अन्तरक्रियामा उहाँले नेपालबाट भारत अध्ययन गर्न जाने नेपाली विद्यार्थीको सङ्ख्यालाई रोक्न महोत्तरीको गौशालालाई शैक्षिक केन्द्रको ‘हव’का रुपमा विकास गर्ने बताउनुभयो ।
अन्तरक्रियामा राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले सञ्चारकर्मी र मिडियाहरु सरकारको पुल भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गरीबी निर्मूलका लागि स्थानीय सरकारले पिँधदेखि नै काम गर्नुपर्ने आवश्यक रहेको धारणा राख्नुभयो ।
प्रदेशसभा सदस्य भरतप्रसाद साहले निगौल गाई गौशालाको जग्गा किनबेच भइरहेको प्रति चिन्ता व्यक्त गर्दै ऐतिहासिक गौशालामा निगरानी नभएर सडकमै घर बनाउँदा धरोहर नै खतरामा परेकाले यसविरुद्ध सबैले आवाज बुलन्द गरी अगाडि बढ्नका लागि सबैसमक्ष आग्रह गर्नुभयो । अर्का प्रदेशसभा सदस्य शारदा थापाले मिडिया पूर्वाग्रही बन्न नहुनेमा सञ्चारकर्मीलाई सचेत गर्दै लैङ्गिक हिंसाविरुद्ध मिडिया खरो भएर प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शिक्षा नीति
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्