अज्ञात समूहद्वारा विद्यालयमा तोडफोड लाखौँको क्षति

मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ ।
विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियोे । सो घटना शुक्रबार भएको अनुमान गरिएको र तिहार सकिएर आइतबारदेखि विद्यालय सञ्चालन भएकाले विद्यालयमा भएको क्षतिबारे थाहा पाइएको प्रधानाध्यापक भगीरथ विष्टले जानकारी दिनुभयो ।
विद्यालयको कम्प्युटर कक्षमा रहेका सात वटा कम्प्युटर, प्रोजेक्टर, टेबुल, दराज, कुर्सीलगायत सामग्री तोडफोड हुनाकासाथै विद्यालय प्रशासन कक्ष, स्रोत केन्द्रको कार्यालयसमेतको ताला तोडिएको उहाँले बताउनुभयो । उक्त सामग्री तोडफोडबाट विद्यालयको झण्डै रु दुई लाख ५० हजार भन्दाबढी क्षति भएको अनुमान गरिएको छ ।प्रहरी निरीक्षक सुरेश विकले घटनास्थल हेर्दा समूहमै आएका व्यक्तिले तोडफोड गरेको देखिएको र सङ्कास्पद व्यक्तिको खोजी भइरहेको बताउनुभयो । तोडफोड गरिएका कम्प्युटरलगतय उपकरण काम नलाग्ने अवस्थामा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्यालयमा तोडफोड
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्