पर्यटकीय क्षेत्रको विकास, विस्तारका लागि प्रदेश नं ३ ले गर्यो पर्यटन विकास आयोजना स्थापना

पर्यटकीय क्षेत्रको विकास, विस्तार तथा संरक्षणका लागि प्रदेश नं ३ ले पर्यटन विकास आयोजना स्थापना गरिएको छ ।
आयोजनाको कार्यालय प्रदेशको अस्थायी राजधानी हेटौँडामा राखिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको सो आयोजनामा १५ जना कर्मचारीको व्यवस्था भए पनि हाल चार जना कर्मचारी मात्र कार्यरत छ ।
नयाँ पर्यटकीय क्षेत्रको गन्तव्यको पहिचान गर्ने उद्देश्यले स्थापित उक्त आयोजनाका लागि सङ्घीय सरकारबाट रु १० करोड अनुदान तथा प्रदेश सरकारबाट रु ९१ करोड गरी कूल रु एक अर्ब एक करोड बजेट विनियोजन गरिएको छ ।
पर्यटन क्षेत्रसँग सम्बन्धित अन्य निकाय नभएकाले यस सम्बन्धी सम्पूर्ण काम हेर्ने गरी प्रदेश नं। ३ सरकारले सो आयोजना स्थापना गरिएको हो । आयोजनाले सङ्घीय सरकारअन्तर्गतका पुरातत्व विभाग, राष्ट्रिय निकुञ्ज, वन विभागलगायतका निकायसँग सहकार्य गरी काम गर्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पर्यटन विकास आयोजना
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्