एमालेबाट टोखां ५ का उम्मेद्वार मदन गुरुङ्ग सहित टिमको चर्चा सुरु

टोखा काठमाडौ । नेकपा एमालेले टोखा नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा मदन गुरुङ्गलाई वडा अध्यक्षको उम्मेद्वार बनाएपछि अहिले टोखामा ५ मा गुरुङ्ग लगायतको टिमको चर्चा सुरु भएको छ ।
आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा देशभरबाट एमालेले आफ्ना उम्मेदवारहरुको टुंगो लगाउने क्रममा हालका ५ नं वडाका पार्टी कमिटिका अध्यक्ष उम्मेदवार निश्चित भएका छन् । २०४६ सालबाट नेकपा एमालेका सक्रिय राजनीती सुरु गरेका मदन गुरुङ्ग वडा भित्रका बिकाश निमार्णका कार्यमा सक्रिय रहदै आएका कारण स्थानिय स्तरमा लोकप्रीय छन । यस्तै वडा सदस्यकी उम्मेदवार अन्जना बोहोरा अखिल नेपाल महिला संघ तथा वडा कमिटिमा सक्रीय रहेकी छिन । लाइन्स क्लव अफ काठमाडौं आर्शीबादको सेकेण्ड भाइस प्रेसीडेण्टको भूमिका संगै बिभिन्न सामाजीक संघ संस्थामा उनी आवद्ध रहेकी छिन ।
यस्तै वडा सदस्यहरुमा अन्जना बोहोरा , आशा परियार , महेश बिस्ट र हरि कृष्ण श्रेष्ठ रहेका छन । एमालेका पुराना सांगठनीक सदस्य तथा राजनैतीक एवं समाजसेवामा स्वच्छ छवि बनाएका सदस्यहरुको वडा विकाशमा ठुलो भुमिका रहेको स्थानीयबासी बताउछन ।
यस्तै वडा सदस्यका उमेद्धवार हरि कृष्ण श्रेष्ठ २०४६ साल बाट जनआनदोलनमा युवा संघबाट सुरू गरि २०५१ सालमा अनेरास्वीयू मार्फत सक्रिय राजनीती मार्फत समाजसेवामा लागेका हुन ।
अर्की वडा सदस्य महेश बिष्ट २०४६ को जनआनदोलनबाट सुरू गरि २०४८ साधारण सदस्य र २०५४ सालमा वडा सदस्य जितेका हुन भने दलित महिला सदस्य आशा परियार पनि एमालेको राजनितिमा आबद्ध भई समाजसेवामा सक्रिय रहनुभएको छ ।
टोखा नगरपालिका वडा नं ५ मा वडा अध्यक्ष जगन्नाथ ढकालको इमान्दार शैली र समग्र वडा बिकाशका कारण पनि एमालेका उम्मेदवारहरुको जित सुनिश्चित भएको स्थानीय बासी बताउँछन ।
क्याटेगोरी : समाचार
ट्याग : #मदन गुरुङ्ग
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्