स्थापित भन्छन, अरुको तिहार किन बिगार्नु, प्रदेशसभामा धुँवा उडाउँछु’

काठमाडाैँ । मन्त्रीबाट बर्खास्त भएपछि चीन भ्रमण रद्द भएका केशव स्थापित मुख्यमन्त्री पाैडेलप्रति अाक्रामक देखिएका छन । प्रदेश ३ को पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्त भएलगत्तै मन्त्रीकै हैसियतामा चीन जनाे बताएका स्थापित भ्रमण रद्द भएपछि अझै अाक्रोशित बनेका छन ।
उनले मन्त्रीको हैसियतमा चीन भ्रमणमा जान खोजेका थिए तर पद खुस्केपछि हैसियत फेरिने भएर चीन भ्रमण रद्द गरेकाे बताएका छन ।बुधबारको मन्त्रिपरिषदको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलसँग झगडा भएछपि शुक्रबार उनलाई बर्खास्त गरिएको थियो । चीन भ्रमणका लागि काठमाडौं आएका स्थापित आइतबार चीन जाने कार्यक्रम थियो तर उनी गएनन् । दैनिकीसँगको कुराकानीमा उनले मुख्यमन्त्रीप्रति चर्को अाक्रोश पोखे ।
’मलार्इ हटाउनुको एउटा कारण मुख्यमन्त्री पाैडेल विदेश जान नपाएकाले पनि हो पार्टीले अहिले नबोल्न निर्देशन दिएको छ त्यही भएर अहिले धेरै बोल्दिन’ उनले भने ‘बोलेपछि चर्कै बोलिन्छ। बोलेर अरुको तिहार किन बिगारिदिनु ?’ उनले अब हुने प्रदेशसभाको बैठकमा ‘धुवाँ उडाउने’चेतावनी समेत दिएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #केशव स्थापित
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्