Techie IT
आईतबार, माघ ४,२०७७

यस कारण केसब स्थापितलाई बखास्त गरिदैं


प्रदेश—३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थाापितलाई पदबाट हटाउन मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गर्नुभएको छ ।

सो बारे पार्टीको नेतृत्वसँग छलफलका लागि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलसहित आज काठमाडौं आएका छन् । मुख्यमन्त्री पौडेलले मन्त्री स्थापितको कार्यशैली सन्तोषजन नभएको भन्दै पदबाट हटाउन आग्रह गर्नुभएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको अनुमति पाएपछि मात्र मुख्यमन्त्री पौडेलले स्थापितलाई मन्त्री पदवाट हटाउने मुख्यमन्त्री निकट एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार मन्त्री स्थापितले मुख्यमन्त्री पौडेललाई पटक पटक अपमान गरेका छन् । मन्त्रिपरिषदको दोस्रो वरियतामा रहेका मन्त्री स्थापितले आफ्नो जिम्मेवारी पूरा नगरेको पनि आरोप लाग्ने गरेको छ । मुख्यमन्त्री पौडेल मन्त्री विशेष गरी स्थापितको बुधबारको व्यवहारबाट अत्यन्त आक्रोशित हुनुभएको हो । एक मन्त्रीले भने, ‘नरम र शिष्ट स्वभावका मुख्यमन्त्री पौडेल स्थापितको व्यवहारबाट अत्यन्त आक्रोशित भएका छन, स्थापित हावादारी कुरा गर्ने र कहिले पनि गम्भीर नहुने स्वभावका रहेछन् । ’

मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्रीले कार्यशैलीप्रति असन्तुष्टी जनाएपछि मन्त्री स्थापितले अपमान गरेको ती मन्त्रीले बताए । एक मन्त्रीले भने, ‘मुख्यमन्त्री भनेको नेता हो, उनको नेतृत्व मानेर सरकारमा गइसकेपछि मिलेर काम गर्नुपर्छ । असहमति हो भने राजीनामा दिनुपर्छ । तर, स्थापितको शैली असन्तुलित र असामान्य देखियो । उनी अभद्र ढंगले प्रस्तुत भएपछि टेबुल ठोकाठोक समेत भयो ।’

मन्त्री स्थापित बुधबार बेलुका नै काठमाडौं आइसकेका छन् । १३ अर्ब बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले खासै काम अगाडी बढाउन सकेको छैन । समाचार कान्तिपुरमा छ ।


क्याटेगोरी : समाचार
ट्याग : #केसब स्थापितलाई बखास्त


तपाईको कमेन्ट लेख्नुहोस्