Techie IT
सोमबार, असोज १५,२०८०

अाज कांग्रेसकाे चियापान कार्यक्रम


काठमाडाैं, १६ कार्तिक ।

नेपाली कांग्रेसले विजया दशमी, दीपावली, नेपाल संवत्, छठपर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

दिउँसाे १ देखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम आयोजना गरिएको कांग्रेसले जनाएको छ । २०३३ सालमा बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

कार्यक्रममा राजनीतिक दलका नेताहरू, मन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवकहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, उद्योगपति एवं व्यवसायीहरू, पेसागत एवं बुद्धिजीवीहरू, नागरिक समाजका अगुवाहरू, मानव अधिकारकर्मीहरू, सञ्चारगृहहरू, पत्रकारहरू, गैरआवासीय नेपालीहरूको संघ–संस्थाका प्रमुखहरूको सहभागिता रहेको कांग्रेसले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कांग्रेसकाे चियापान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
21°
Mostly Cloudy
5:56 am5:49 pm +0545