प्रधानमन्त्रीलाइ आज डिस्चार्ज गर्ने अस्पतालको तयारी, केहि दिन भीडभाडमा नजान सल्लाह

काठमाडौँ – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उहाँलाई आज डिस्चार्ज गर्ने तयारी रहेको उपचारमा संलग्न चिकित्सकहरुले गरेका छन् ।
शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचार गराइरहनुभएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ र अस्पतालबाट डिस्चार्ज गरी निवासमै आराम गराउने तयारी चिकित्सकले गरेका छन् ।
प्रधानमन्त्रीको उपचार प्राध्यापक डाक्टर अरुण सायमी, प्राध्यापक डाक्टर दिब्या सिंह र डाक्टर सन्तकुमार दास संलग्न छन् । छातीको संक्रमण र भाइरल ज्वरोले सिकिस्त बनाएपछि १२ गते बिहान प्रधानमन्त्रीलाई शिक्षण अस्पतालको सीसीयूमा राखिएको थियो ।
अहिले प्रधानमन्त्रीलाई निको भइसकेको र नियमित खान पान सुरु गरिसकेको जानकारी चिकित्सकले दिएका छन् । यद्यपि संक्रमण बल्झिन सक्ने भएकाले कम्तिमा १ साता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति हुने छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #धानमन्त्रीलाइ आज डिस्चार्ज
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्