वाग्मतीको शङ्खमूल क्षेत्रबाट चार मेट्रिक टन फोहर व्यवस्थापन

शङ्खमूल क्षेत्रको वाग्मती किनार दायाँबायाँ सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४५२औँ हप्तामा शनिबार गरिएको सफाइमा पुसको चिसो बेवास्ता गरी अभियानकर्मी बिहान ७ बजे नै नदी किनारमा जम्मा भएका थिए । सफाइमा पूर्वमुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तन्डुकार, विभिन्न सङ्घसंस्था, स्थानीयवासी, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी र वाग्मती सफाइ अभियानकर्मीको सक्रियता थियो ।
सफाइबाट जम्मा भएको फोहर काठमाडौँ महानगरपालिकाको गाडीबाट व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो । अर्को हप्ता माघ १ गते शनिबार शङ्खमूल पुल क्षेत्रमा बिहान ७ः३० देखि ९ः३० बजेसम्म सफाइ गरिने छ । माघेसङ्क्रान्ति पर्वको दिन परे पनि सफाइ महाअभियान नरोकिने उहाँले जानकारी दिनुभयो । विसं २०७० जेठ ५ गतेदेखि महाअभियान सुरु भएदेखि चाडपर्व, चिसो, गर्मी, प्राकृतिक प्रकोपलगायत जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफाइ महाअभियान रोकिएको छैन ।
महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, चक्रपथ, मुख्य सांस्कृतिक सम्पदास्थललगायतमा पनि सफाइ अभियान सुरु भएको छ । हाल काठमाडौँ उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरका मुख्य नदी, सहर र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिर १०९ स्थानमा सफाइ अभियान सुरु भएको जनाइएको छ । मनोहरा सफाइ अभियानको २५१औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटी पुल छेउको नदी किनारमा सफाइ गरिएको छ ।
सफाइमा विभिन्न संस्था, प्रहरी र स्थानीयवासी गरी १०० जनाको सक्रियता रहेको थियो । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले राससलाई जानकारी दिनुभयो । यसैगरी राजधानीको रुद्रमती, चक्रपथको उत्तरी र पश्चिमी खण्ड, विष्णुमतीको तल्लो र माथिल्लो भाग, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्तेलगायत नदीमा पनि शनिबार सफाइ गरिएको जनाइएको छ ।
क्याटेगोरी : वातावरण-कृषि, समाचार
ट्याग : #फोहर व्यवस्थापन
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्