नेकपाः प्रदेशसभा संसदीय दलको नेता चयनका लागि सहमतिको प्रयास

नेकपा प्रदेश नं २ को समितिका संयोजक प्रभु साहले प्रदेशसभाको संसदीय दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको बताउनुभएको छ ।
समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा साहले पूर्वएमाले र माओवादीका संसदीय दलका सचेतकबीच सहमतिको प्रयास जारी छ भन्नुभयो ।
प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले सहमति नभए चुनावी प्रक्रियाबाट संसदीय दलको नेता चयन गरिने बताउँदै अहिले प्रदेशको विधान तयार पार्ने कार्यलाई प्राथमिकता दिएर अगाडि बढिरहेको जानकारी दिनुभयो ।
यसैबीच जिल्ला तहमा पार्टी एकीकरणका लागि कार्यदल गठन गरिएको बताइएको छ । कार्यदलमा धनुषा जिल्लाका लागि श्रवण यादव, रामचन्द्र मण्डल, श्रीप्रसाद साह र राजकिशोर साह तथा महोत्तरी जिल्लामा योगनारायण यादव, शौखीलाल यादव, राजु खड्का र तुलसा ढुङ्गाना रहनुभएको छ ।
त्यस्तै सर्लाही जिल्लाका लागि कमलादेवी महतो, रेवती पन्त र शिवपूजन यादव तथा सिरहा जिल्लाका लागि लीलानाथ श्रेष्ठ, प्रमोद यादव र अजयशङ्कर नायकलाई कार्यदलमा राखिएको छ । पर्सा जिल्लाका लागि रामचन्द्र साह, प्रभु हजरा, विजय महतो र छोटेलाल यादव तथा बारा जिल्लाका लागि गोपाल ठाकुर, क्षेत्रबहादुर श्रेष्ठ, बलवीर चौधरी र सुन्दर विश्वकर्मा कार्यदलमा हुनुहुन्छ ।
रौतहट जिल्लाका लागि युवराज भट्टराई, उपेन्द्र साह, कल्याण खड्का र कमल यादव तथा सप्तरी जिल्लाका लागि अशोक मण्डल, महेश यादव, रामप्रीत पासवान र गोविन्द न्यौपानेलाई कार्यदलमा राखिएको छ । एक प्रश्नको जवाफमा संयोजक साहले पूर्वएमाले र माओवादी दुवै दलबाट पर्ने गरी कार्यदल गठन गरिएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्