Techie IT
बिहीबार, मंसीर २३,२०७८

भन्सार एजेन्टको परीक्षामा ढिलासुस्ती


ऋषिराज भूसाल 

बुटवल।  भन्सार विभागले भन्सार एजेन्टको परीक्षामा ढिलासुस्ती गरेको छ । २०७८ जेष्ठ २२ गते लिखित परीक्षा हुने गरी परीक्षा कार्यक्रम तोकेको भन्सार विभागले कोभिड १९ को कारण देखाउदै गत जेष्ठ ६ गते परीक्षा स्थगित गरेको थियो ।

लोक सेवा आयोगका अन्य परीक्षा संचालन हुदा पनि परीक्षा मिति सार्वजनिक गर्न आलटाल गर्नुले भन्सार विभागको कार्यशैलीमा गम्भिर आशंका जन्माएको छ ।

भन्सार विन्दुमा मालबस्तु जाँचपासमा निकासीकर्ता, पैठारीकर्ता र भन्सार कार्यालयको सहजकर्ताको रुपमा काम गर्ने भन्सार एजेन्टले राजस्व संकलनका लागि राज्यलाई महत्वपूर्ण योगदान गर्दै आएका छन् ।

यस अघि २०५६ सालमा भन्सार एजेन्टको परीक्षा भएको र त्यही जनशक्तिले हाल सम्म काम गर्दै आएको छ । विभिन्न कारणले भन्सार एजेन्टको संख्या घट्दै गएर हाल १३० जनामा सिमित हुन पुगेको छ ।

उक्त जनशक्ति हालको आयात निर्यातको कारोबारलाई हेर्दा अत्यन्तै कम देखिन्छ । करिब १० हजारको संख्यामा रहेका परीक्षार्थीको भविष्य प्रति खेलवाड गर्दै परीक्षा संचालनमा ढिला सुस्ती गर्ने कार्य खेद जनक रहेको बुटवलका परीक्षार्थी धु्रब सापकोटाको भनाई छ ।

उहाँका अनुसार परीक्षा संचालनका लागि दवाव श्रृजना गर्न अर्थमन्त्री तथा भन्सार विभागका महानिर्देशकलाई भेटेर ज्ञापन पत्र बुझाउने संघर्ष समिति गठन गर्ने र त्यतिले पनि नभए कडा संघर्षका कार्यक्रम जारी गर्ने बताउनु भयो ।

यस अघि पनि २०६९ सालमा भन्सार एजेन्टको परीक्षाको दर्खास्तमा माग गरिएकोमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश पछि परीक्षा स्थगित भएको थियो भने उक्त रिटको फैसला २०७२ फाल्गुणमा भएको थियो । यस पटक पनि सर्वोच्च अदालतमा मुद्दा परेको र उक्त रिट सर्वोच्च अदालतले २०७८ भाद्र २१ गते खारेज गरेर परीक्षाको बाटो खोलिदिदा समेत भन्सार विभाग परीक्षा गराउन आलटाल गरिरहेको छ ।

भन्सार एजेन्टको परीक्षामा सहभागी भई परीक्षा दिन पाउने हकबाट बन्चित गराउदा आफुहरुलाई मानसिक तनाव साथै समय र श्रमको समेत अवमूल्यन भएकाले यथासक्य छिटो कानुन सम्मत परीक्षा संचालन गर्न भन्सार एजेन्ट परीक्षार्थीले माग गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #भन्सार एजेन्टको परीक्षामा


तपाईको कमेन्ट लेख्नुहोस्