Techie IT
बुधबार, असोज १०,२०८०

अखाद्य वस्तु बेच्नेलाई कानूनी दायरामा ल्याउन माग


अखाद्य वस्तु बेच्ने क्याटरिङ व्यवसायीलाई कानूनी दायरामा ल्याउन कुनै पनि कञ्जुस्याइँ गर्न नहुनेमा सरोकार भएका निकायका प्रतिनिधिले जोड दिएका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र इभेन्ट एण्ड भेन्यु एशोसियसन अफ नेपालले आज संयुक्तरुपमा यहाँ आयोजना गरेको कार्यक्रमका सहभागीले अखाद्य पदार्थ बेच्ने व्यवसायीलाई कानूनी दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

“नियतवश, जानाजानी र खराब खाना हो भनेर कुनै पनि आधिकारिक संस्थाले प्रमाणित गरेमा त्यस्ता व्यवसायीलाई कारवाही गर्नुपर्दछ”, पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घका उपाध्यक्ष कृष्णप्रसाद पाण्डेले भन्नुभयो ।

अखाद्य वस्तु बेच्ने, मानव स्वास्थ्यमा खेलबाड गर्नेलाई सरकारी निकायले कारवाही गरेमा व्यवसायीले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । कुनै एक व्यवसायीको गल्तीले हजारौँ व्यवसायीको अर्बौंको लगानी डुब्न जानेतिर सबैको ध्यान जानुपर्दछ पाण्डेले भन्नुभयो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले व्यवसायीले पार्टी प्यालेस तथा क्याटरिङ सञ्चालन गर्दा स्वच्छ खाना तथा खाद्य पदार्थ उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

कार्यशालामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका भगवान् श्रेष्ठ, खगेन्द्रराज जोशी र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका ईश्वर सुवेदीले क्याटरिङ र पार्टी प्यालेसले के कसरी खाद्य वस्तुलाई स्वच्छ बनाउने र त्यसका लागि के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा काठमाडौँका १५० क्याटरिङ र पार्टी प्यालेस व्यवसायीको सहभागिता थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #अखाद्य वस्तु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
5:54 am5:55 pm +0545