Techie IT
बिहीबार, मंसीर २३,२०७८

चरेससहित पक्राउ परेका अभियुक्तमाथि अनुसन्धान सुरु, अदालतबाट १५ दिनको म्याद थप


चितवन । पुर्वी चितवनको रत्ननगर नगरपालिका ३ शान्तिचोकस्थित लोकप्रिय टोलबाट (शनिबार) ठुलो परिमाणमा चरेससहित पक्राउ परेका तीन जनाउपर हिजो (आइतबार) सम्मानित चितवन जिल्ला अदालतमा म्याद थप गरिएको छ ।

ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले विशेष सुराकीको आधारमा (शनिबार) एक सय ८४ किलो ३५० ग्राम चरेससहित रत्ननगर नगरपालिका १५ बस्ने बर्ष ३२ का उद्वव अधिकारी, लमजुङ बस्ने बर्ष २५ का सुजन गुरुङ, सोही ठाउँ बस्ने बर्ष २३ का सुजन सार्कीविरुद्ध लागूऔषध ओसारपसार शिर्षकमा थप अनुसन्धान गर्न हिजो (आइतबार) सम्मानित चितवन जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरिएको हो ।

ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले उनीहरुलाइ शनिबार बिहान पाँच बजे स्थानीय विष्णु पन्तको घरमा गोदाम बनाई लुकाइराखेको अवस्थामा चरेससहित पक्राउ गरेको थियो ।

प्रहरी स्रोतका अनुसार पन्तको घरलाई उद्धव अधिकारीले गोदामका रुपमा प्रयोग गर्दै आएका थिए । गोदाम गरिएको उक्त स्थानमा अवैध चरेस लुकाइराखेको भन्ने सूचना प्राप्त भएपश्चात टाँडीका प्रहरी प्रमुख राना आफैं फिल्डमा खटिएका थिए । उनको कमान्डमा खटिएको प्रहरीको टोलीले ३२ वटा कार्टुनमा १९२ वटा चेवनपरासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद गरिएको स्रोतले जनाएको छ । पक्राउ परेकाहरूलाइ अहिले ईलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा राखिएको छ ।

यस बिषयमा टाँडी प्रहरीले भने घट्ना अनुसन्धानकै सिलसिलामा रहेकोले थप केही कुरा बताउन नमिल्ने बताउँदै आएको छ । अन्य ब्यक्तिको समेत संलग्नता हुन सक्ने र थप आरोपित भाग्न सक्ने वा अनुसन्धान प्रक्रिया नै प्रभावित हुन सक्ने भन्दै प्रहरीले औपचारिक रूपमा कुनै प्रतिक्रिया दिन मानिरहेका छैनन् । शनिबार चरेससहित पक्राउ परेका आरोपितहरुलाइ तत्काल पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने कुनै सुरसार नरहेको एक प्रहरीले आफ्नो नाम नबताउने सर्तमा बताए ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्