रक्षामन्त्री ईश्वर पोखरेलद्वारा बूढानीलकण्ठको ‘जगडोल प्रवेशद्वार’ उद्घाटन

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिकरुपमा प्रतिस्पर्धा भए तापनि विकासका मुद्दामा सबै राजनीतिक दल तथा जनता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा बूढानीलकण्ठ नगरपालिकाको ‘जगडोल प्रवेशद्वार’ उद्घाटन तथा नमूना पर्यटकीय ग्रामको घोषणा कार्यक्रममा मन्त्री पोखरेलले ‘यो पार्टीले यसो ग¥यो ऊ पार्टीले त्यसो ग¥यो भनी जनप्रतिनिधिमाथि धावा बोल्नु हुँदैन’ राख्नुभयो ।
मन्त्री पोखरेलले विकास निर्माणको क्रममा विरोधी भावना नराखी सरकार पक्ष तथा प्रतिपक्षी दलका जनप्रतिनिधिलाई एकआपसमा मिलेर गर्न आग्रह गर्नुभयो । विकास कुनै पार्टी विशेष नहुने भन्दै मन्त्री पोखरेलले विकास, जनताको सेवा, रोजगारी सिर्जना लगायतका विषयमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “राम्रो कुराको आवरणमा गलत कामहरु हुनुहुँदैन, कहीँकतै चुक्नु हुँदैन ।” विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै वर्तमान सरकार अघि बढिरहेको बताउँदै मन्त्री पोखरेलले संविधानलाई कार्यान्वयन गर्नु नै वर्तमान सरकारको मुख्य कार्यभार भएको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #बूढानीलकण्ठको ‘जगडोल प्रवेशद्वार
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ५झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्