Techie IT
बिहीबार, मंसीर २३,२०७८

नेकपा (एस) को ३३५ मा नअटाएकी कमला


काठमाडौं, । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसंग विधि, पद्दतिमा असहमति जनाउँदै अलग भएको नेकपा (एकीकृत समाजवादी)मा पनि विधि, पद्दतिमा नचलेको पाइन्छ । केपी ओलीले जस्तै नेकपा (एस)मा पनि केन्द्रीय सदस्य चयनमा कुनै विधि, प्रक्रिया नपु¥याई नेताहरुले आफ्नो खल्तिबाट केन्द्रीय सदस्य चयन गरिएको पाइएको छ ।

व्यक्तिवाद ,स्वछाचारिकता, विधि र पद्दतिको कुरा गर्ने माधवकुमार नेपाल आफै केन्द्रिय कमिटीमा क्षमता भएका र निरन्तर पार्टी संगठनमा काम गरेकालाई बेवास्ता गर्दै आफ्नो खल्तीबाट केन्द्रीय सदस्यमा मनोनित गरेपछि आलोचना हुन थालेको छ । नेताले आफ्ना खल्तीबाट केन्द्रीय सदस्य बनाउँदा सुदूरपश्चिम प्रदेशबाट कमला केसी पनि परिनन् ।

उनी जस्ता नयाँ पार्टी बनाउँदा सबै त्याग गरेर आएका दर्जनौ नेता केन्द्रीय कमिटीमा नअटाएपछि पार्टीभित्र खैलाबैला भएको छ ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले त विधि, पद्दतिको कुरा गर्ने पार्टीमा खल्तीबाट केन्द्रीय सदस्य बनाएकोमा असन्नुष्टि व्यक्त गरेका छन् । शुरुदेखि नै संसद विघटन विरुद्ध जुझारु रुपमा उत्तिएकी केसीलाई केन्द्रीय सदस्यमा पनि मनोनित नगरेपछि सुदूरपश्चिमका कार्यकर्ताले अचम्म परेका छन् । केसी जस्ता सुदुरपश्चिम प्रदेशमा कमै महिला नेतृ भएको नेकपा (एस)मा रहेका छन् ।

३६५ जना केन्द्रीय सदस्य चयन गर्दा उनीजस्ता पार्टी लाइन, पद्दति बुझेका नेतालाई नबनाउँदा नेकपा (एस)लाई सुदूरपश्चिम प्रदेशमा घाटा हुने देखिन्छ । टीकापुर नगरपालिकाको उपमेयरमा ३०० भन्दा कम मतले पराजित केसीलाई अहिले नेकपा (एस)ले पनि ठगेको छ । हुन त यसअघि एमाले छदा पनि उनलाई केही नेताले माथि बढ्न दिएका थिएनन ।

तर अहिले भने उनी सजिलै केन्द्रीय सदस्यमा बन्न धेरैको आकांक्षा थियो । तर महिला नेतृ केसी ३३५ मा नै नअटाएपछि राजनीतिकमा आफ्नो मान्छेलाई मात्र नेता बनाइन्छ भन्ने उदाहरण देखिएको छ ।

यसअघि पनि पूर्वबाट सुदुरपश्चिममा बसोबास गरेर राजनीति गरेकालाई सधै बिस्तापित गर्ने गर्ने काम भएको थियो । यसअघि एमालेबाट हिमाञ्चल भट्टराई ,मोहनसिंह राठोर, भक्तमाली न्यौपाने ,मीनराज गिरी जस्ता दर्जनौ नेता सुदूरपश्चिमबाट विस्थापित भएका थिए ।

यसपटक नेकपा (एस)मा पनि कमला केसीलाई व्यक्तिगत इगोको कारणले केन्द्रीय सदस्यमा मनोनित गरिएन ।

नेकपा (एस)मा केन्द्रीय सदस्य चयनका बिषयमा अनेरास्ववियूका अध्यक्ष पराजुलीले सामाजिक संजालमा लेखेका छन् –‘कुन विधि, कस्को लागि, मापदण्ड एउटा पात्र छनौट अनेक खल्तीबाट आफु अनुकुल आफ्नो त्यो पनि निजि । संकिर्ण भावना राखेर पार्टी निर्माण गर्ने गलत सोच राख्ने ।’ उनले अहिले देखि नै गलत मानसिकताबाट व्यक्ति छनौटलाई रुचाउने परिपाटीबाट असल÷सकारात्मक अभ्यास गर्ने नयाँ संकल्प चाहि भन्ने मात्रको नारा होला होईन कमरेड ? भनेर प्रश्न समेत गरेका छन् ।

‘नेकपा ( एकीकृत समाजवादी ) केन्द्रिय कमिटी निर्माण गर्ने जिम्मा पाएका कमरेडले विधि÷मापदण्डको मुहार र आफ्नो मुहार एकचोटि हेर्न अनुरोध गर्दछु’ उनले लेखेका छन् –‘प्रचारमा युवामैत्री तर पार्टी संरचना÷व्यवहारमा शुन्यता म, मेरो, नीजिलाई प्राथमिकता ।

कुण्ठाले मात्र पार्टी संरचनाको नेता हुन्छु भन्ने कलिलो सोच नदेख्दा नै राम्रो हुन्छ ।’ पार्टी बदल्दैमा मनस्थिति बदलिदो रहेनछ भन्ने प्रमाण हुन अहिले नेकपा (एस)मा केन्द्रीय सदस्य चयन गर्दा देखिएका कमजोरी ।

सक्षम र लामो समय संठनमा बिताएका कार्यकर्ताको बेवास्ता गर्दै आफ्ना अनुकुलका यान्त्रिक मानवहरुको भर्ती केन्द्र बनाइयो भने नेकपा (एस)को भबिष्य राम्रो संकेत पक्कै होइन ।


क्याटेगोरी : समाचार
ट्याग : #कमला


तपाईको कमेन्ट लेख्नुहोस्