बिपी राजमार्गअन्तर्गतका घरटहरा भत्काउन शुरु

काभ्रेपलाञ्चोकको धुलिखेलबाट शुरु भएको बिपी राजमार्गअन्तर्गत नेपालथोक–धुलिखेल सडकखण्ड–४ अन्तर्गतका दायाँबायाँ १५÷१५ मिटरभित्रका घरटहरा तथा होर्डिङबोर्ड आजबाट हटाउन शुरु गरिएको छ ।
सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको अगुवाइमा जिल्ला प्रहरी कार्यालयको सहयोगमा धुलिखेल नगरपालिका–७ हस्पिटल चोकबाट सडक अतिक्रमण गरी बनाएका टहरा तथा संरचना भत्काउन थालिएको जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनुभयो ।
काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले राजमार्गले छोएका नगरपालिका तथा गाउँपालिकाका सम्बन्धित वडा अध्यक्षहरुसँग छलफल गरी तोकिएको मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना भत्काउन शुरु गरेको बताउनुभयो ।
सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका निमित्त आयोजना प्रमुख राकेश महर्जनले काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको सिमानासम्म तोकिएको मापदण्डभित्रका घरटहरा तथा संरचना हटाउन शुरु गरेको बताउनुभयो ।
‘केही ठाउँमा रहेका केही समस्यामा नै रहेका घर टहरामा बसोबास गर्दै आउनुभएकाको लागि सम्बन्धित वडाध्यक्षले एक÷दुई दिनमा नै भत्काई दिन्छौँ भनेर जिम्मा लिएकाले आज भत्काइएको छैन’ उहाँले भन्नुभयो, “त्यो बाहेकका मापदण्डभित्र निर्माण गरेका सबै संरचना भत्काइरहेका छौँ ।”
इञ्जिनीयर साधुशरण पूर्वेको नेतृत्वमा सब–इञ्जिनीयर घनश्याम खड्का, रस्मिता बस्नेत, सिर्जना लेखक, ज्योत्स्ना सुवेदी र अमिन राधेश्याम राजठेउलाको संयुक्त टोलीले गत भदौ ३ गते पेश गरेको प्रतिवेदनअनुसार धुलिखेल, पनौती, पाँचखाल र नमोबुद्ध नगरपालिका तथा रोशी गाउँपालिकाको गरी ४८६ वटा घरटहरा भत्काउनु पर्नेछ । यसबारेमा सम्बन्धित वडाध्यक्ष र घरटहरा धनीलाई सम्पूर्ण जानकारी पठाइसकेको निमित्त आयोजना प्रमुख महर्जनले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बिपी राजमार्ग
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्