Techie IT
बिहीबार, मंसीर २३,२०७८

नुवाकोटमा बस दुर्घटनामा ३० घाइते, १० को अवस्था गम्भीर


नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।

बा४ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौँ जाने क्रममा दुर्घटनामा परेको थियो ।

छतमासमेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको बुुझिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोटमा बस दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्