३ नं प्रदेशसभाको बैठकका लागि केही नयाँ विधेयक प्रस्तुत गर्ने

प्रदेश नं ३ को प्रदेशसभा सचिवालयमा आज अपराह्न बसेको कार्य परामर्शको बैठकले भोलि बस्ने प्रदेशसभाको बैठकका लागि केही नयाँ विधेयक प्रस्तुत गर्ने निर्णय भएको छ ।
भोलि असोज १ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेश मामिला समितिबाट प्राप्त प्रतिवेदनसहित स्वास्थ्य सेवासम्बन्धी विधेयक २०७५ र संस्था दर्तासम्बन्धी विधेयक २०७५ प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।
यसैबीच प्रदेशसभाको बैठकले विभिन्न मितिमा पारित गरेको सातवटा विधेयक प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालालाई प्रमाणीकरण गर्न आज त्यसतर्फ पठाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतकुमार बुढाथोकीले राससलाई जानकारी दिनुभयो । केही दिनभित्रै ती विधेयकलाई सोही बैठकले पारित गर्ने लक्ष्य रहेको प्रदेशसभा सचिवालयका उपसचिव मोहनराज निरौलाले बताउनुभयो । प्रदेश नं ३ प्रदेशसभाको बैठक असोज १ गते अपराह्न बस्ने भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #३ नं प्रदेशसभा, #hot
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्