बस दुर्घटना हुँदा एक जनाको मृत्यु पाँच जना घाइते

चितवनको भरतपुरबाट पोखरातर्फ जाँदै गरेको ना५ख २ नंको बस तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा शुक्रबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
विवाहका लागि जन्ती बोकेर जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट करीब पाँच मिटर तल पल्ँिटदा बसमा सवार चितवन निवासी १७ वर्षीय सन्देश खड्काको पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा चितवन भरतपुर महानगरपालिका निवासी २३ वर्षीय सरोज थापा, नवलपरासी गैडाकोट–४ निवासी २८ वर्षीया शान्ति गुरुङ, सोही ठाउँका २१ वर्षीया गङ्गा थापा, ४३ वर्षीया नरमाया थापा र ५५ वर्षीया दुर्गा पुन घाइते भएका छन् । घाइतेमध्ये सरोजको शुक्लागण्डकीस्थित सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुको टाउको र शरीरमा चोट लागेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बस दुर्घटना
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्