Techie IT
मंगलबार, कात्तिक २,२०७८

बौंडेश्वर मा.विमा अध्ययनरत विधार्थीहरुलाई झोला वितरण


टोखा । झोर महाँकाल मा,वि र बौंडेश्वर मा ,वि मा अध्ययनरत विधार्थीहरुलाई ३/३ सय झोला वितरण गरेको छ ।

वडा न,७ का वडा अध्यक्ष नरोत्तम राना ज्युले वडास्तरिय बजेटबाट झण्डै १० लाख बराबरको करिब 6 सय वटा झोला वितरण गरिएको हो

। विधार्थीहरुलाई किताब, कापी, कलम बोक्नलाई सहज होस भन्ने उद्देश्यले झोला वितरण गरिएको हो । बौडेश्वर मा,वि मा करिब 475 जना विधार्थीलाई नपुगेको झोला नगर प्रमुख प्रकाश अधिकारीले आगामी दिनमा प्रदान गरिने टोखा नगरपालिका वडा नं१ का वडा अध्यक्ष श्री कृष्ण अधिकारीले  बताउनुभयो ।

कार्यक्रम सभापति दुवै स्कुलका व्यवस्थापन समिति अध्यक्ष क्रमश रमेश अधिकारी र दिल बहादुर तामाङले गर्नु भयो ।प्रमुख अतिथि नगर प्रमुख प्रकाश अधिकारी विशिष्ट अतिथि उप प्रमुख ज्ञानमाया डंगोल,विशेष अतिथि वडा न,७ का वडा अध्यक्ष नरोत्तम राना,अतिथि श्री कृष्ण अधिकारी र कार्यक्रममा नगर कार्यपालिका सदश्यहरु तथा दुवै वडाका वडा सदस्यहरूको उपस्थिति थियो।

 


क्याटेगोरी : समाचार
ट्याग : #बौंडेश्वर मा.वि


तपाईको कमेन्ट लेख्नुहोस्