‘द ब्रिटिस कलेज’को चौथो दिक्षान्त समारोहमा अहिलेसम्मकै धेरै विद्यार्थी दीक्षित

काठमाडौ-‘द ब्रिटिस कलेज’ले आयोजना गरेको चौथो दिक्षान्त समारोहमा सम्पन्न भएको छ । बौद्धस्थित रहेको हायत रिजेन्सी काठमाडौंमा आयोजित दिक्षान्त समारोहमा २२५ जना विद्यार्थीहरु दीक्षित भएका छन् । दीक्षित हुनेमा ६० जना बिबिए (हन्स), ६० जना बिजनेस एण्ड म्यानेजमेन्ट, ३० जना एमएस्सी इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड ब्रिस्टल), १२३ जना बिएस्सी (हन्स) कम्प्युटरिङ र १२ जना एमबिए (एक्जीक्युटिभ तथा लिड्स बेक्केट युनिभर्सिटी) का विद्यार्थीहरु रहेका थिए ।
यो हालसम्मकै सबैभन्दा धेरै विद्यार्थीहरु दीक्षित भएको वर्ष रहेको कलेजका सिइओ तथा संस्थापक राजन कँडेलले बताए । उनले भने, ‘यसले कलेजको सफलताको पक्षलाई दर्साएको छ ।’ कार्यक्रममा सिइओ कडेँलले कलेजको नयाँ योजना तथा दुबई र लण्डनमा कलेज विस्तार गरिएकोबारे प्रष्ट पारेका थिए । उनले अन्तर्राष्ट्रिय डिग्रीको महत्वबारे चर्चा गर्दै ‘अण्डरग्रयाजुएट’ विद्यार्थीहरुलाई स्नाकोत्तर लेभलको अध्ययन गर्न प्रोत्साहन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रुटल्याण्डले ‘परिवर्तन’ शब्दको वर्णन गरेका थिए । उनले भौतिक परिवर्तन भन्दा पनि दिमाग र हृदयमा हुने परिवर्तनलाई बुझ्न आवश्यक रहेको बताए । उनले दीक्षित भएका विद्यार्थीहरु योद्धा र उनीहरुका परिवारहरु ‘हिरो’ भएको संज्ञा दिए । उनले ब्रिटिस कलेजलाई यो स्थानमा पुर्याउन सफल भएको भन्दै सिइओ राजन कडेँललाई बधाइ समेत दिए ।
त्यस्तै नेपालका लागि बेलायती राजदुत रिचार्ड मोरिसले २०० वर्ष पुरानो नेपाल–ब्रिटेन सम्बन्धबारे चर्चा गरेका थिए । उनले अन्तर्राष्ट्रिय शिक्षाको महत्व दर्शाउँदै गरिबी निवारणमा आफ्नो शिक्षाको सही तबरले उपयोग गर्न बताए । उनले ‘द ब्रिटिस कलेज’ले प्रदान गर्दै आइरहेको गुणस्तीय शिक्षाको तारिफ समेत गरे ।
कार्यक्रममा नेपाल ब्रिटेन च्याम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र खेतानले दिक्षित विद्यार्थीहरुलाई धन्यवाद दिए । उनले विद्यार्थीहरुले कर्पोरेट बजारमा भोग्नुपर्ने चुनौतीहरुबारे प्रष्ट्याएका थिए ।
कार्यक्रममा ‘द ब्रिटिस कलेज’का प्रिन्सिपल डा. जोन ब्याटम्यानले दीक्षित भएका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
द एमेस्सी इन्टरनेशन बिजनेश म्यानेजमेन्ट एण्ड बिबिए (हन्स) बिजनेस एण्ड म्यानेजमेन्ट सम्मेलनलाई प्रोफेसर डोना वाइटहेड (भाइस चान्सलर एण्ड एक्जीक्युटिभ डिन डोना, ब्रिस्टल बिजनेस स्कुल एण्ड ब्रिस्टल ल स्कुल युडब्लुइ) ले सम्बोधन गरेकी थिइन् । त्यस्तै एमबिए (एक्जीक्युटिभ) र बिएएस्सी (हन्स) कम्प्युटरिङ) लाई लिस्ले अर्ली (प्रिन्सिपल लेक्चरर अफ लिड्स बेक्केट) ले सम्बोधन गरेकी थिइन् ।
बिएएस्सी (हन्स) तर्फबाट दीक्षित भएकी जोसुवा शाक्यले द ब्रिटिस कलेजले दिएको अवसर र अनुभवलाई धन्यावाद दिइन् । कार्यक्रम विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्